HKRC स्थानीय प्रकोप राहत सेवा
हाम्रो बारे
Hong Kong Red Cross (HKRC) को HKRC स्थानीय प्रकोप राहत सेवा (Local Disaster Service (LDR)) 1951 मा स्थापित भएको हो । हामी जलवायु, शहरी वा सार्वजनिक स्वास्थ्य प्रकोप वा आपतकालिन जस्ता प्रकोप र संकटहरूबाट प्रभावित पिडित मानिसहरूलाई उपयुक्त मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध छौं । राहत बाहेक, हामी विपदभन्दा अगावै वा पछिको अत्यावश्यक आवश्यकताहरू पूरा गर्न प्रकोप पूर्व चेतावनी प्रारम्भिक कार्यहरू र प्रकोप पछिको प्रारम्भिक पुनर्स्थापना सम्बन्धी सेवाहरू पनि प्रदान गर्दछौं ।
आपतकालीन र नियमित सेवा - राहत सामग्रीहरुका लागि आवेदन
सरकारी विभाग वा गैर-सरकारी संस्थाहरूद्वारा रेफरलमा समाज कल्याण विभागलाई स्थानीय प्रकोप वा आपतकालिनबाट प्रभावित मानिसहरूका लागि 24-घण्टे आपतकालीन सेवाहरू र राहत सामग्री उपलब्ध गराउने हङकङमा हाल हामी एक मात्र संस्था हौं । हाम्रो नियमित सेवाका राहत सामग्रीहरूमा कपडा, कम्बल र दैनिक आवश्यकताहरू समावेश छन् ।
सहयोग चाहिने व्यक्तिहरूले समाज कल्याण विभाग, अस्पतालहरूमा चिकित्सा सामाजिक सेवाहरू, सुधार सेवा विभाग वा गैर-सरकारी संस्थाहरूमा अन्य सामाजिक सेवाहरू जस्ता निकायहरू मार्फत आवेदन दिन सक्छन् ।
प्रकोप प्रतिक्रिया
हाम्रो नियमित सेवा बाहेक, हामी प्रकोप वा आपतकालीन घटनाहरूमा मानवीय आवश्यकता मूल्याङ्कनमा आधारित मानवीय सहायता पनि प्रदान गर्दछौं ।
आवेदन विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्
टेलि: +852 2507 7181 ईमेल: irsd.local@redcross.org.hk









